सफा शहर हेटौंडाको सडक भ्वाङै भ्वाङ, स्तरुन्नतीमा छैन ध्यान

हेटौंडा खबर
१५ आश्विन २०७८, शुक्रबार २१:४४

बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफा शहर मध्यको एक हो ।

एक पटक मात्र होईन पटक पटक सफा शहरको रुपमा पुरस्कार पाउने हेटौंडा उपमहानगरपालिकाको सडकको भने हरिबिजोग छ ।

सानो शहर, साँघुरा सडक, त्यसमाथि दायाँ-दायाँ मनलाग्दी पार्किङ । सडक अस्तव्यस्त त छ नै त्यही साँघुरा सडक पनि खाल्डाखुल्डी र भ्वाङै भ्वाङ परेका छन् । एक-दुई सडकमात्र हैन हेटौंडा बजार क्षेत्रका अधिकांस सडक पिच भत्किएर कामै नलाग्ने भएका छन् ।

प्रदेश राजधानीको बजार क्षेत्रकै मुख्य मुख्य सडक खाल्डो परेको लामै समय भएपनि यसको स्तारुन्नती तर्फ कुनैपनि सरकारी निकायको ध्यान जान सकेको छैन । हेटौंडाको स्कुल रोड, पारिजात पथ, हुप्र चौर वरिपरिका सडक, सानोपोखरा लगायत वडा नम्बर १, २, ४,५ का अधिकांस सडकहरु भत्किएका छन् ।

सडक बिग्रिएको निकै लामो समय भैसकेको छ । तर भत्किएको सडक मर्मत हुन नसक्दा आम नागरिकलाई सास्ती त भइरहेको छ नै सडक दुर्घटना समेत यसले बढाईरहेको छ ।

अर्को तर्फ पानीको निकास नहुदा हेटौंडा बजार वरिपरीका सडकमा केहि बेर पानी पर्ने बित्तिकै खोला नै बग्ने गरेको छ । सडक छेउमा नाला र पानी बग्ने उचित निकास नभएकाले पानि परेपछि हेटौंडाका सडकबाट मानिस वारपार गर्न समेत नसक्ने अवस्था आउने गरेको छ । पिच भत्किएर खाल्डो परेको सडकमा पानीले थप क्षति पुर्याईरहेको छ तर यस प्रति सम्बन्धित निकायको ध्यान गएको छैन ।

हेटौंडा बजार क्षेत्रका सडकका केहि तस्विरहरु 

तस्विर : सामाजिक संजाल 

यसमा तपाइको मत

Your email address will not be published.


*