हेटौंडा अस्पतालका अध्यक्षको श्रीमतीलाई प्रतिष्ठानमा जागिर 

हेटौंडा खबर
२१ आश्विन २०७८, बिहीबार २२:०९

हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले आफ्नो श्रीमतीलाई जागिर खुवाएका छन् ।

प्रसाईले आफ्नो पदीय मर्यादाको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतीको नाम निकालेका छन् । प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्ती गर्नुपर्ने प्रावधान मिचेर प्रसाईले आफ्नै श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानले गत भदौ १८ गते सुचना प्रकाशन गर्दै विभिन्न पदमा कर्मचारी आव्हान गरेको थियो कार्यालय सहायकको बुधबार प्रकाशित नतिजामा रजिष्टार प्रसाईको श्रीमतीको नाम पहिलो नम्बरमा निकालिएको छ ।

झापा मेची नगरकी प्रसाईलाई नियुक्ती गर्दा हेटौँडा मकवानपुरका ईश्वर सिलवाल बैकल्पिकमा परेका छन् । प्रसाईले भने आफु अन्तरवार्ता नबसेको र छनौट कमीटीले योग्यताकै आधारमा छनौट गर्दा आफ्नी श्रीमती छानिएको बताएका छन् ।

प्रतिष्ठानले विभिन्न पदमा १४ जना कर्मचारी नियुक्ती गरेको छ । प्रदेश लोक सेवा आयोग गठन भईसकेको अवस्थामा आफ्नै नजिकका मानिस भर्ती गर्नका लागि प्रतिष्ठानले लोकसेवा आयोगलाई छलेको भन्दै आलोचना भईरहेको छ ।

निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाईका छोरा राजेश प्रसाईलाई प्रतिष्ठानको रजिष्टारमा नियुक्ती गरेको भन्दै उनकै नियुक्तीका बेला समेत आलोचना भएको थियो । अहीले उनले आफ्नै श्रीमतीलाई नियुक्ती गरेपछि बिरोध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*