अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा र जुत्ता अब नारायणी मलमा

हेटौंडा खबर
२१ आश्विन २०७८, बिहीबार २२:४५

हेटौंडामा रहेको नारायणी मलमा अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तथा जुत्ताका सामान विक्री गर्ने पसल सञ्चालनमा आएको छ ।

नारायणी मल्टी ब्राण्ड सपले घटस्थापनाको दिन आज ६ वटा ब्राण्डका कपडा, जुत्तालगायत सामग्री विक्री गर्ने गरी पसल सञ्चालनमा ल्याएको हो ।

मल्टि ब्राण्ड सपमा एडीडास, लिभाइज, रिबुक, अण्डर आर्मर, एसिक्स, स्लेजिन्जर ब्राण्डका कपडा तथा जुत्ताहरु राखिएको सञ्चालक नवराज आचार्यले बताए ।

‘हामी प्रदेशको राजधानीमा रहेका छौं । ब्राण्डेड सामान खरिद्को लागि काठमाडौं, पोखरालगायतका शहर जानुपर्ने बाध्यता रहेको थियो, यो अवस्थालाई ध्यानमा राख्दै हामीले पसल सञ्चालनमा ल्याएका हौं’, सञ्चालक आचार्यले भने, ‘हेटौंडा भन्दा बाहिर गएर सामान किन्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास हो । हामीले ६ वटा ब्राण्डका सामानहरु राखेर पसल सञ्चालनमा ल्याएका हौँ ।’

दशैंको अवसर पारेर ५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको आचार्यले बताए ।

करिब २ करोड रुपैयाँको लगानीमा पसल सञ्चालनमा ल्याएको सञ्चालकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*