सुबिसुको दशै अफरः ‘इन्टरनेट छ साथमा दक्षिणा छ हातमा’

हेटौंडा खबर
२१ आश्विन २०७८, बिहीबार २२:५०

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले नेपालीहरुको महान् चाड बडादशैंको उपलक्ष्यमा ग्राहक ‘दक्षिणा अफर’ लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा १३ हजार ९९९ रुपैयाँमै प्राप्त गर्न सक्ने सुबिसुले जानकारी दिएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने सुबिसुको दाबी छ ।

यसका साथ साथै ग्राहकले वार्षिक सेवाको भुक्तानी ईसेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ । यसका लागि ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने सर्त राखिएको छ ।

चाडबाडलाई लक्षित गरी र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लिएर आएको सुबिसुले बताएको छ । अफर सीमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुने पनि सुबिसुले बताएको छ ।

के सेवा दिइरहेको छ सुबिसुले ?

सुबिसु केबलनेट लिमिटेडले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, वान इथर्नेट, होलसेल आइपी ट्रान्जिट, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदान गर्दै आएको छ ।
त्यस्तै नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सुबिसुले एपीईजीफोर स्टयाण्डर्ड डेफिनेसन र हाइ डेफिनेसन च्यानल्स केबल मार्फत कन्डिसनल एक्सेस सिष्टम (क्यास) को प्रयोग गरी सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*