विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटन

हेटौंडा खबर
२२ आश्विन २०७८, शुक्रबार १४:२१

नेकपा एकीकृत समाजवादीले मन्त्रालय जिम्मेवारीलाई हेरफेर गरेको छ।  समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

यसअघि सामेल हुन लागेका नेताहरुको मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीले सच्याएको हो।

एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*