हेटौंडाका सुमोले दोब्बर भाडा असुल्दै, प्रशासन मौन

हेटौंडा खबर
३१ आश्विन २०७८, आईतवार २१:२३

हेटौंडा भीमफेदी- काठमान्डौ चल्ने टाटासुमोले मनपरी भाडा असुल्दा यात्रुहरु मारमा परेका छन् ।

बर्षेनी चाडवाडको मौका छोपी हेटौंडा – काठमान्डौ चल्ने सुमोले ३ गुणा बढी भाडा असुल्ने गर्छन् । यसपाली पनि दशैँ अघिदेखि नै काठमान्डौबाट हेटौंडा आउने र हेटौंडाबाट काठमान्डौ जाने यात्रुले सुमोको मनपरी भाडा तिर्न बाध्य बनेका छन् ।

हेटौंडाको गल्लि गल्लिमा काउन्टर राखेर बसेका सुमोले अहिले प्रति व्यक्ति १५ सय सम्म लिएको पाईएको छ । भाडा ४ सय ६५ रुपैंया भएपनि सुमोहरुले ८ सयदेखि १५ सयसम्म लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

यात्रुलाई दिने टिकटमा साविककै भाडा लेखेर यात्रु संग भने मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउछन् 

यात्रुहरु यसरि ठगीदा मकवानपुरको प्रहरी प्रशासन भने मौन बसेको छ । चाडवाडको मौका छोपी सुमोले यात्रु ठगिरहदा बर्षेनी प्रशासन मौन नै बस्ने गरेको छ । बिरोध हुनथालेपछी केहि गरे जस्तो गरेपनि यात्रुहरुलाई खुलेआम यातायात व्यवसायीले ठग्दा यहाका प्रहरी र प्रशासनले देखे नदेखे झैँ गर्छन् ।

देख्दैन प्रहरी

दशैँ अघिदेखि सधै हेटौंडाका सुमोले यात्रुसंग दोब्बर भन्दा बढी भाडा असुलीरहदा प्रहरीले भने कारवाही गरेको छैन  बरु दशैमा टिका थाप्न हिडेकालाई प्रहरीले चेकिङ गर्दै कारवाही गरिरहेको छ।

मकवानपुर प्रहरीले चाडवाड लक्षित कडाई भन्दै टिका र जमरा लगाएर हिडेकालाई रोक्दै चेकजाँच गर्ने गर्छ । तर एक यात्रुलाई १ हजारसम्म बढी भाडा लिने सुमोहरुलाई भने प्रहरीले कुनै कारवाही गर्दैन ।

विभिन्न संचार माध्यमममा समाचार प्रकाशन हुन थालेपछि भने प्रहरीले ५ वडा सुमोलाई कारवाही गरेको जनाएको छ । तर एकपटकमा १० जना यात्रुसंग १० हजार ठग्ने सुमोलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १ हजारका दरले जरिवाना तिराएरको छ ।

हेटौंडामा करिव ४ सय बढी सुमो छन् । ति सुमोले एक पटकमा करिव १० हजार सम्म बढी भाडा असुल्ने गरेका छन् । तर प्रहरीको कारवाही भने प्रति सुमो १ हजार जरिवाना छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*