प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने नेपाल बारको निर्णय

हेटौंडा खबर
९ कार्तिक २०७८, मंगलवार २१:१३

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ ।

आजै बसेको बारको सल्लाहकार समितिका सदस्यहरुले पनि जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका थिए ।

मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न र इजलास बहिष्कार गर्न सुझाव दिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*