चितवनबाटै चुनाव लड्छु : प्रचण्ड

हेटौंडा खबर
९ कार्तिक २०७८, मंगलवार २१:१५

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव आफू चितवनबाटै लड्ने बताएका छन् ।

उनले एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा टिप्पणी गर्दै आफूलाई विजयी गराउन सो पार्टीले सुरुआत गरेको प्रतिक्रिया दिए । चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको दावी गरे ।

उनले आफू चुनाव लड्ने आगामी निर्वाचन अन्तिम हुनसक्ने बताए । उनले भने, ‘सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिन ।’

प्रचण्डले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने पनि बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*