प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने नेपाल बारको चेतावनी
हेटौंडा खबर
९ कार्तिक २०७८, मंगलवार २१:३६
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।
आज साँझ एक विज्ञप्ती जारी गर्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो ।
बारले तत्काल पदत्याग गर्न सुझाव दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएमा देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने पनि बारले चेतावनी दिएको छ ।