मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी

हेटौंडा खबर
१० कार्तिक २०७८, बुधबार ०८:१७

मकवानपुर को मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् ।

उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले ३१९ मत प्राप्त गरिन् ।

उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।

उद्योगको सदस्य तर्फभने श्रीकृष्ण कर्माचार्य (४२३ ), दीपक शिवाकोटी (३३९ ), नरेन्द्र भण्डारी (३६२ ), भुपेन्द्र प्रसाद अधिकारी (३३२ ),रुपकराज दाहाल( ४६७), सन्तोषकुमार अर्याल (३५२ ), हरिप्रसाद ढकाल(२२३) र ज्ञानेन्द्र बर्तौला (२६९ )ले मत प्राप्त गरेका छन् । जसमा दाहाल, कर्माचार्य, भण्डारी र अर्याल विजयी भएका छन् ।

यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत प्राप्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*