मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी

हेटौंडा खबर
१० कार्तिक २०७८, बुधबार ०८:२०

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।

अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाएका थिए ।

निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।

अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् ।

सदस्य पदका उम्मेदवार अजिव भट्टराईले १२ मत र पुष्पराज पुडासैनीले १४ मत प्राप्तगरी पराजित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*