मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनः वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी

हेटौंडा खबर
१० कार्तिक २०७८, बुधबार ११:३१

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् ।

उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरे । वाणिज्यमा १८७० मतदाता मध्ये १५१५ मत खसेको थियो । वाणिज्यको सदस्य तर्फभने अनिलभक्त श्रेष्ठ(७५८ ) कुलप्रसाद चौलागाई (९०३ ), कृष्णप्रसाद ढुङ्गाना (५९७), जावेद हुसेन (५८३ ), दामोदर पाठक (६३४ ),दीपक खत्री (५९७ ), दिवस पराजुली (६५८ ), नेत्रप्रसाद खतिवडा (७२३), बालकृष्ण बजगाई(६०७), विष्णुप्रसाद दाहाल( ५९२) माधव ज्ञवाली (६८३ ), विकेशलाल श्रेष्ठ (८७० ) सुदर्शन खरेल (७७१ ) हरिनारायण ठाकुर (३६२) ले मत प्राप्त गरेका छन् ।

जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चाैलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे (९२३ ), निलम वैद्य ( ७९५), नेत्रकुमारी भट्ट ( ४७४) र मनु दाहाल (५२३) ले मत प्राप्त गरेका छन् । जसमा पाण्डे र वैद्य विजयी भएका छन् ।

पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्ताैला (५६५), राजु राउत(३९७) र राधिका सामरी पाण्डे( ४६२) मत प्राप्त गरेकाछन् । जसमा बर्ताैला विजयी भएका छन् ।
अध्यक्ष पदकाे मतपत्र भने केही बेरमा गणना सुरु गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*