कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

हेटौंडा खबर
११ कार्तिक २०७८, बिहीबार १४:३०

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सांसद कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बन्ने भएकी छन् ।

माओवादी बागमती प्रदेश संसदीय दलको उपनेता समेत रहेकी मोक्तानलाई सामाजिक विकास मन्त्रीमा सिफारिस गरिएको छ ।

मोक्तान २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा निर्वाचन क्षेत्र नंबर (क) मा वाम गठवन्धन माओवादी केन्द्रबाट विजयी भएकी थिईन् ।

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्रीसहित ३ मन्त्री नियुक्त हुदैछन् । हिजोको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजिनामा दिएपछि आज नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुदैछ ।

आज दिउसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको बताईएको छ । पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले समर्थनसहित हिजै हस्ताक्षर गरी दाबी पत्र बुझाइएको थियो ।

आज दिउसो मुख्यमन्त्री र  साढे ३ मन्त्रिहरुको सपथग्रहण कार्यक्रम रहेको नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*