बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पान्डे नियुक्त, थप ३ मन्त्रीले लिए सपथ

हेटौंडा खबर
११ कार्तिक २०७८, बिहीबार १६:३०

बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा शपथ  लिएका हुन् । मुख्यमन्त्री पाण्डेले बिहीबारै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली काँग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरे ।

नवनियुक्त मन्त्रीहरूले पनि बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*