राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो बैठक- प्रवक्तामा मन्त्री खनाल

हेटौंडा खबर
११ कार्तिक २०७८, बिहीबार २२:१४

बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । बिहिबारै मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित ३ मन्त्रिले सपथ लिएका हुन्  ।

पाण्डे नेतृत्वको सरकारको पहिलो बैठकले बागमती प्रदेशको १ सय १९ वटै पालिकाका दलित, लोपोन्मुख तथा पिछडिएका बिद्यार्थीलाई छात्रबृत्ति दिने पनि निर्णय गरेको छ । प्रदेशका हरेक पालिकाबाट १ जनालाई सरकारको खर्चमा प्राविधिक विषय अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको बताईएको छ ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले १५ दिनभित्र कार्यविधि तयार पारी पेश गर्न निर्देशन समेत दिएको नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता कृष्णप्रसाद खनालले जानकारी दिए ।

बिहीबार दिउँसो प्रदेश प्रमुख यादव चन्द्र शर्मामार्फत प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेले शपथ  लिएका थिए ।

सपथ लगत्तै मुख्यमन्त्री पाण्डेले बिहीबारै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली काँग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published.


*