हेटौंडामा दुर्घटना, २ जनाको मृत्यु १८ घाइते

हेटौंडा खबर
२४ कार्तिक २०७८, बुधबार ०७:५४

हेटौंडामा सवारी दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरस्थित सडकमा गएराति बस र ट्रक एक आपसमा ठक्कर खाई दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जनकपुर बाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक गए राति हेटौंडा उपमहानगरपालिका –११ स्थित नवलपुरमा एक आपसमा ठोक्किएको थियो ।

दूर्घटनामा ३०–३५ बर्षीय र २०–२५ बर्षीय दुई जना पुरुषको मृत्यु भएको र उनीहरुको नाम ठेगाना खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा बस चालकको मृत्यु भएको छ भने ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा १८ जना घाईते भएका छन् । उनिहरुको हेटौंडा स्थित सहकारी अस्पताल,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*