मनपरी भाडा उठाउदै हेटौंडाका सुमो, प्रशासन बेखबर

हेटौंडा खबर
२८ कार्तिक २०७८, आईतवार २१:४६

हेटौंडा-भीमफेदी-काठमाडौं चल्ने सुमोले यात्रु संग मनपरी भाडा असुल्ने गरेका छन् ।

विशेष गरि चाडवाडको मौका छोपेर दुबैतर्फका यात्रु संग चर्को भाडा असुल्ने यहाँका टाटासुमोले अहिले ८ सयदेखि १ हजारसम्म भाडा लिने गरेका छन् ।

हेटौंडाका विभिन्न स्थानमा काउन्टर खोलेर बसेका सुमो व्यवसायीले मनलाग्दी भाडा असुलेपनि प्रशासन भने मौन बसेको छ । काठमाडौंबाट खाली गाडी ल्याउनुपर्ने भएकाले हेटौंडाबाट यात्रुले बढी भाडा तिर्नुपरेको सुमो व्यवसायी बताउछन् ।

यात्रुहरुले भने दुवैतर्फ नै आफुहरुले बढी भाडा तिर्नु परेको र आफुहरु सधै ठगिदा समेत प्रहरी प्रशासनले केहि नगरेको गुनासो गरिरहेका छन् ।

यात्रुसंग किन बढी भाडा लिएको ? भनि प्रश्न गर्दा हेटौंडा-काठमाडौं चल्ने सुमोका चालकले भने,” पर्सि नेपाल बन्द छ, उताबाट रित्तै आउनुपर्छ त्यसैले भाडा ८ सय”, ।

हेटौंडामा २ सय बढी सुमो छन् । एक दुई सुमोले मात्र साविक भाडा लिने गरेपनि यहाँका अधिकांसले चर्को भाडा असुलिरहेका छन् । तर यसबारे प्रहरी प्रशासन भने बेखबर छ  ।

यसमा तपाइको मत

Your email address will not be published.


*