मकवानपुरको त्रिखण्डी मन्दिरमा ‘एकादशी मेला’

हेटौंडा खबर
२९ कार्तिक २०७८, सोमबार १५:०६

आज मकवानपुरको भीमफेदी गाउँपालिका स्थित त्रिखण्डी मन्दिरमा विशेष मेला लागेको छ ।

हरिबोधिनी एकादशीको दिन आज बिहानैबाट त्रिखण्डी मन्दिरमा पूजा गर्ने भक्तजनहरुको भिडभाड रहेको छ ।

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशीमा त्रिखण्डी मेलामा मकवानपुर भित्रका विभिन्न क्षेत्रका सहित आसपासका जिल्लाहरुबाट समेत सयौं भक्तजनहरु आईपुगेका छन् ।

त्रिभुवन राजपथको हेटौंडा काठमाडौं छोटोदुरीको सडकखण्डमा त्रिखण्डी मन्दिर पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था मिलाइएको छ । त्रिखण्डी सहित मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा रहेको गढी दरबार र थाहा नगरपालिका स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लाग्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*