प्रतिनिधि सभा १ प्रदेश सभा (ख) को सभापतिमा राजेश बानियाँको उम्मेदवारी

हेटौंडा खबर
२९ कार्तिक २०७८, सोमबार १६:४३

नेपाली कांग्रेसको १४ महाधिवेशनमा मकवानपुरको प्रतिनिधि सभा १ को प्रदेश सभा (ख)को सभापतिको लागि कांग्रेस युवा नेता राजेश बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी हेटौंडा उपमहानगर वडा नम्बर ५ का वडा अध्यक्षसमेत हुन् ।

बानियाँले प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा आफ्नो उम्मेदवारी रहने हेटौंडाखबरलाई बताए । मकवानपुर जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेका छन् ।

२०४९ सालमा सादरण सदस्यबाट राजनिति क्षेत्रमा प्रवेश गरेका बानियाँ २०५८ सालमा पार्टीको क्रियाशील सदस्य लिएका थिए । २०६४/०६५ मा तरुण दल जिल्ला सदस्य बनेका नेता बानियाँ १३ औं महाधिवेसनको वुथ प्रतिनिधि रहेका थिए ।

क्षेत्र १ को प्रदेश सभा (ख) अन्तरगत हेटौंडा उपमहानगरको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२,१३, १४, १५ वडाहरु पर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*