मूल्यवृद्धिको विरोधमा हेटौंडाका विधार्थीले गरे सिलिन्डरसहित प्रदर्शन

हेटौंडा खबर
२९ कार्तिक २०७८, सोमबार १९:१५

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध हेटौंडामा विधार्थीहरुले प्रदर्शन गरका छन् ।

नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविधालय र वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) आगाडी आज साझ खाना पकाउने ग्यासको सिलिन्डरसहित सांकेतिक प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियुले शनिबार हटाउनडामा मसाल जुलुस र आइतबार मकवानपुर बहुमुखी क्याम्पस आगाडी प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै सांकेतिक प्रदर्शन गरेका हुन् ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याईएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

प्रदर्शनमा अनेरास्ववियु जिन्दाबाद, प्रधानमन्त्री राजिनामा दे, सडक हामी तताउछौ मूल्यवृद्धि घटाउछौ, परमादेश सरकार मुर्दाबाद, नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ लगाएतको नारा लगाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*