नेपालमै बन्यो ब्याक गियर भएको विद्युतीय मोटरसाइकल

हेटौंडा खबर
२९ कार्तिक २०७८, सोमबार २०:३०

अर्घाखाँचीका एक युवाले विद्युतीय मोटरसाइकल बनाएका छन् । मोटरसाइकल बनाउने ति युवा हुन् सागर पोख्रेल । पेट्रोलियम पदार्थको चर्को मूल्य र अभाव वाट मुक्त हुनका लागि आफूले गरेको विद्युतीय मोटरसाइकल बनाउने कोसिस सफल भएको पोख्रेल बताउँछन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ पाणिनीका कक्षा १२ मा अध्ययनरत पोख्रेलले ब्याक गियर भएको इलेकट्रोनिक्स मोटरसाइकल बनाएका हुन् ।

बुटवलमा सब–ओभरसियर विषय अध्ययन गर्दै आएका सागरले विद्युतबाट चल्ने मोटरसाइकलको निर्माण गरेर परीक्षण पनि गरिसकेका छन् ।

पोख्रेलले कलेज बिदा भएपछि फुर्सदमा घरमा बसेका बेला घर वरिपरि खेर जाने अवस्थामा रहेका वस्तुहरू र थप केही सामान बजार बाट ल्याएर ब्याक गियर जडान सहितको इलेकट्रोनिक्स मोटरसाइकल बनाएको बताए ।

कक्षा १२ मा अध्ययनरत युवा पोख्रेल भन्छन्, परीक्षण सफल भयो,अव व्यावसायिक इलेकट्रोनिक्स मोटरसाइकल निर्माण गर्न सकिन्छ । राज्यले स्वदेशमै त्यस्तो खालको अवसर दिएमा छिमेकी मुलुक वाट महँगो मूल्यमा ल्याउनुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गरे ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उप-मेयर ठाकुर कुमार विक, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख मणिराम पराजुली, सन्धिखर्क नगरपालिका वडा नं १ का वडाध्यक्ष युवराज बन्जाडे, वडा नं १२ का वडाध्यक्ष नारायण खड्का लगायतको उपस्थितिमा उनले निर्माण गरेको मोटरसाइकलको अर्घाखाँचीको टुँडिखेलमा परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*