हेटौंडामा बन्दको सामान्य प्रभाव, बुद्धचोकमा नारावाजी, चलेका छैनन् सवारी

हेटौंडा खबर
३० कार्तिक २०७८, मंगलवार ०८:५३

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा पनि परेको छ ।

हेटौंडामा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चलेका छन् । निजि मोटसाइकल फाट्टफुट्ट गुडेका छन् ।

अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने गुडिरहेको देखिन्छ । हेटौंडा बजारका सवेरै खुल्ने पसलहरु खुलेका छैनन् । मंगलबार बिहानै हेटौंडाको बुद्दचोकमा विप्लवका केहि कार्यकर्ता जम्मा भई नारावाजी गरेका थिए ।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न भन्दै आज कात्तिक ३० गते बन्द आह्वान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*