हेटौंडामा दुर्घटना, एकजनाको मृत्युु

हेटौंडा खबर
१ मंसिर २०७८, बुधबार ०७:५४

हेटौंडामा गएराती दुर्घटना हुदा एकजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ९ स्थित हनुमान गेट नजिक गएराती पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । करिब १ बजेको समयमा बाराबाट हेटौंडा आइरहेको ना ३ च ११९३ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरको मकवानपुर कैलाश गाउँपालिकाका २४ वर्षीय अविरल रिजाल घाइते भएका भएको र उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा पुर्याएपछि केहीबेरमा डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने पिकअप भ्यान र चालक नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*