कांग्रेस मकवानपुर : शुशान्त श्रेष्ठ नेतृत्वको टिम घोषणा

हेटौंडा खबर
२ मंसिर २०७८, बिहीबार १९:००

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  ।

भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) सभापतिका उम्मेदवार  शुशान्त कुमार श्रेष्ठले आफ्नो  टिम सार्वजनिक गरेका छन। श्रेष्ठले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफु नेतृत्वको टिम घोषण गरेका हुन । उनको नेतृत्वमा उपसभापतिमा  गोपाल न्यासुर र कमला वाइबा  रहेका छन् ।

त्यसैगरी  सचिव पदमा भुमिनन्द गौतम  र शंकर पराजुली , सह–सचिव पदमा दिपक ढकाल  र अमर सोराइलि रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ जानुका ठकुरी समिक्षा बिक, छाया अधिकारि महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् । पुरुषतर्फको खुल्ला सदस्य पदमा उद्धब सत्याल, सचित थापा, नवराज खतिवडा , तेज प्रसाद घिमिरे , मोहन प्रसाद ढकाल , धुर्ब दुलाल उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा कृति घलान,भानु सोराइली,पुरुषतर्फ भक्त बहादुर राई,दिपक सि घलान,नर बहादुर पुलामि दलिततर्फ अनिल बिक र अल्पसंख्यकतर्फ रामशरण माझी  उम्मेदवार हुने जनाइएको छ ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

यसमा तपाइको मत

Your email address will not be published.


*