कांग्रेस मकवानपुर : रन्जन कालाखेती नेतृत्वको टिम घोषणा

हेटौंडा खबर
२ मंसिर २०७८, बिहीबार १९:०३

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  ।

भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा युवा नेता रन्जन कालाखेतीको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी कालाखेतीकोे नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ रहेका छन् ।

त्यसैगरी सचिव पदमा कृष्ण योञ्जन र नवराज पौडेल, सहसचिवमा गोपिलाल थिङ, र शालिकराम अधिकारी रहेका छन् । प्रतिनिधिसभा २ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधिको खुल्ला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ, पद्मादेवी श्रेष्ठ उम्मेदवार रहेका छन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, वेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौलाकोे उम्मेदवारी रहेको छ । खस आर्यतर्फ जयन्ती पाठक, आदिवासी जनजातिबाट पुरुषतर्फ सागर जिम्बा, निजन घलान र ठुलोकान्छा लामा रहेका छन् भने महिलातर्फको सदस्यमा संगीता थिङ र सीता बल रहेका छन् ।

त्यस्तै, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजाको उम्मेदवारी रहेको छ ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

यसमा तपाइको मत

Your email address will not be published.


*