मकवानपुर क्षेत्र १ प्रदेश सभा (ख)को सभापतिमा राजेश बानियाँ विजयी

हेटौंडा खबर
३ मंसिर २०७८, शुक्रबार १९:३८

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को (ख)को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत शुक्रवार सम्पन्न प्रदेशसभा अधिवेशनमा बानियाँले १ सय ७७ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन्। नवनिर्वाचित सभापति बानियाँ हेटौंडा उपमहानगरपालिका -५ का वडाअध्यक्ष समेत हुन् ।

निर्वाचनमा उनका प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्तगरी पराजित भए । उपसभापतिमा विनोद शर्मा (१६०), शुक्रराज जोशी (१५६), रिना गौतम (९३) र सुभाष न्यौपानेले(७६) मत प्राप्त गरे ।

जसमा शर्मा र जोशी विजयी भएका छन् ।

सचिवमा गोकर्ण सुवेदी (१८०), प्रदीप कंडेल (१९२) र विक्रम लामा (१०६) मत प्राप्त गरेका छन् । जसमा सुवेदी र कंडेल विजयी भएका छन् ।

सहसचिवमा एक्का बहादुर मोक्तान (१०४), केदार प्रसाद ढोडारी (१८८) र सानुकान्छा दोङ (१९३) मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।

अन्य पदको भने मत गणना सुरु केहि समयमा सुरु गरिने निर्वाचन अधिकृतले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*