मकवानपुर क्षेत्र १ प्रदेश सभा (क)को सभापतिमा शुसान्त श्रेष्ठ निर्विरोध

हेटौंडा खबर
३ मंसिर २०७८, शुक्रबार १९:४७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)को सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । उपसभापतिमा पनि कमला कुमारी वाइवा र गोपाल बहादुर नेसुर निर्विरोध भएका छन् ।

त्यस्तै सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी पनि निर्विरोध भएका छन् ।

खस आर्य तर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका हुन् । दलित तर्फ अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गता तर्फ रामशरण माझी निर्विरोध भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*