हेटौंडा अस्पताललाई ‘आइसियु’सहितको एम्बुलेन्स

हेटौंडा खबर
५ मंसिर २०७८, आईतवार २२:०८

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई ‘ए’ ग्रेडको एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक कार्यक्रमका बीच आइसियुसहितको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको  थियो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले नेपालको स्वास्थ्य क्षेत्रको थप सुधारका काममा आफ्नो ध्यान केन्द्रीत रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*