बागमती प्रदेशको काँग्रेस अधिवेशन हेटौंडामा सुरु

हेटौंडा खबर
१६ मंसिर २०७८, बिहीबार १६:०१

हेटौंडा । नेपाली काँग्रेसको बागमती प्रदेशको अधिवेशन हेटौंडामा सुरु भएको छ। अधिवेशनको काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल मार्फत उद्घाटन गरेका छन् ।

हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा कार्यक्रम गरिएको छ । प्रदेशका अन्य जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेता सबैलाई खाना तथा आवासको प्रबन्ध मिलाइएको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए।

उद्घाटन सभारोहका लागि हेटौंडाको बुद्धचोकदेखि फरेष्टी क्याम्पस सम्म हजारौं नेता कार्यकर्ताले र्याली निकालेका थिए । पहिलो चोटी हुन लागेको कांग्रेसको प्रदेश अधिवेशनले हेटौंडा कांग्रेसमाया बनेको छ ।

कार्यक्रमको लागि सुरक्षाको प्रबन्ध मिलाइएको भने कांग्रेसको तर्फबाट पनि स्वयम् सेवक खटाइएको छ । बजारका मुख्यमुख्य स्थानमा कांग्रेसको झण्डा तथा प्रचारप्रसारका सामग्री टाँगिएको छ । अधिवेशनमा सहभागी हुन बागमती प्रदेशको १३ जिल्लाका करिब दुईहजार एकसय प्रतिनिधि हेटौंडा आउनेछन् । बुधबार बेलुकादेखि नै प्रतिनिधि आउन सुरु भैसकेको छ ।

प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नुवाकोटका प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीको नाम अगाडि सारेको छ ।

बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*