हेटौंडामा कांग्रेस अधिवेशन: बागमतीको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

हेटौंडा खबर
१७ मंसिर २०७८, शुक्रबार १५:४४

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् भने बरिष्ठ नेता राम चन्द्र पौडेल समुहबाट जगदिश्वर नरसिंह केसीले उम्मेदवारी दिएका छन् । त्यस्तै कृष्ण प्रसाद सिटौला समुहबाट भीमशेनदास प्रधानले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमतिका सदस्य ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका रहेको थियो भने दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने, दावी विरोध परेमा दिउँसो ३ बजेसम्ममा निर्णय भइसक्ने बताईएको थियो । तर सबैको समय तालिका १ देखि २ घण्टा ढिला सरेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले बताएका छन् ।

दिउँसो ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रमअनुसार पहिलो नाम प्रकाशित गर्ने कार्यक्रम रहेको बताईएको छ ।

हेटौंडाको वन विज्ञान अध्यन सस्थांको खेल मैदानमा हिजो बिहीबारबाट अधिवेसन सुरु भएको छ भोलि बिहान ९ बजेदेखि मतदान सुरुहुने बताईएको छ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधिले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*