हेटौंडामा कांग्रेस अधिवेसन : इन्द्र बानियाँ भन्छन् मेरो जित पक्का छ

हेटौंडा खबर
१७ मंसिर २०७८, शुक्रबार १६:१५

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका उम्मेदवार इन्द्र बानियाँले आफ्नो जीत पक्का रहेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले आज उम्मेदवारी दर्ता गराएपछी प्रतिक्रिया दिदै प्रदेशको सभापतिमा आफ्नो जित पक्का रहेको बताए ।

उनले भ्रम र लोभको खेति गर्ने र जनतालाई झुक्याउने कम्युनिष्टको अन्त्य गर्न र जनताको बिचमा कांग्रेसलाई स्थापित गर्ने अभियानमा कांग्रेस रहेको बताए गरिव र निमुखा जनताको मनमनमा बसेर कांग्रेस अघि बढ्ने उनले बताए ।

द्वन्दको बाटोमा हिडेको मावोबादी र धर्मलाई लिएर अघि बढेको राप्रपालाई समेत मिलाएर अघि बढेको कांग्रेसले केहि आन्तरिक विवादहरु सजिलै टुंग्याउदै लान सक्ने पनि उनले बताए ।

हेटौंडाको वन बिज्ञान अध्यन सस्थांको खेल मैदानमा हिजोदेखि कांग्रेसको प्रदेश अधिवेसन सुरु भएको छ ।

उता बरिष्ठ नेता राम चन्द्र पौडेल समुहबाट जगदिश्वर नरसिंह केसीले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै कृष्ण प्रसाद सिटौला समुहबाट भीमशेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*