हेटौंडामा ‘सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता’ हुने

हेटौंडा खबर
१७ मंसिर २०७८, शुक्रबार १६:२५

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा ‘सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता’ हुने भएको छ ।

खेल आगामी मंसिर २७ गतेदेखि सुरु हुने शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गरेर क्लबले जानकारी दिएको हो । आगामी मंसीर २७ गते देखी पौष ३ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हेटौडा ५ क्याम्पाचौरमा आयोजना हुने प्रतियोगीतामा २० कल्बको सहभागीता रहने प्रतियोगीताका संयोजक मणिराज गौतमले जानकारी दिए । हेटौडा भेट्रान्स क्लबको आयोजनामा हरेक बर्ष आयोजना हुदै आएको यो प्रतियोगीतामा चालिस बर्ष माथिका उमेर समुहका पुर्ब राष्ट्रिय खेलाडीहरुको सहभागीता रहनेछ ।

खेलले शारिरीक अभ्यास संगै स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ फुटबल खेलको बिकासको लागी प्रतियोगीता आयोजना गर्न लागेको क्लबका उपाध्यक्ष नवराज बज्रचार्यले बताए ।

सातौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्नेछन । त्यस्तै खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवाड्,डिफेन्डर,गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने कार्यक्रम संयोजक गौतमले बताए ।

प्रतियोगीतामा प्रत्येक खेलको म्यानअफ द म्याच समेत घोषणा गरीनेछ । हेटौडा भेट्रान्स कप फुटबलको पहिलो र दोस्रो सस्करण चितवन भेट्रान क्लब,चितवनले जितेको थियो ।  त्यस्तै सानोगौचरण नाईट भिजन भेट्रान क्लब काठमान्डौले तेस्रो सस्करण हात पारेको थियो ।चौथो सस्करण एविसी भेट्रान क्लब पोखराले जितेको थियो भने पाँचौ र छैटौ सस्करण बगरभाई भेट्रान क्लब पोखराले हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*