हेटौंडामा काङ्ग्रेस अधिवेशन: फरेश्ट्री क्यान्पस अगाडी नारावाजी, विद्यार्थी भित्र पस्न पाएनन्

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार ११:३०

नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा चलिरहेको छ । प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ ।  आज ९ बजेदेखि सुरुहुने भनिएको मतदान प्रक्रिया अझै सुरु भएको छैन । मतदान सुरुहुन अझै केहिसमय लाग्ने बताईएको छ । सुरक्षा ब्यवस्ता कडा पारिएको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेलमैदानमा मतदान स्थल तयार पारिएको छ । क्याम्पसको बाहिरी गेटबाट कसैलाई भित्र पस्न दिइएको छैन । क्याम्पस कै बिद्यार्थी समेत भित्र पस्न पाएका छैनन् । सन्चारकर्मीलाई पनि गेटमा प्रहरीले रोकेको छ । कार्यकर्ताले गेट बाहिर नारावाजी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*