हेटौंडा काङ्ग्रेस अधिवेशन: उम्मेदवारको नाम नै गायव भएपछी आक्रोशित

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १२:३८

नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा चलिरहेको छ । प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ ।  आज ९ बजेदेखि सुरुहुने भनिएको मतदान प्रक्रिया साढे १२ बजिसक्दा समेत अझै सुरु भएको छैन। हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेलमैदानमा तयार पारिएको मतदान स्थलमा मतदान हुदैछ । निर्वाचनको समय भैसक्दा हिजो मनोनयन दर्ता गरेका केही उम्मेदवारहरुको भने नाम नै छुटेको छ । हिजो मध्यरात निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको थियो । तर उम्मेदवार तथा प्रतिनिधिको नाम नै गायव भएपछी नाम छुटेका उम्मेदवारहरु आक्रोशित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*