हेटौंडामा काङ्ग्रेस अधिवेशन : ९ बजे सुरुहुने भनिएको मतदान ३ बज्यो, मतपत्र अझै आएन

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १५:०२

नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा चलिरहेको छ । प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ ।  आज ९ बजेदेखि सुरुहुने भनिएको मतदान प्रक्रिया ३ बजिसक्दा समेत अझै सुरु भएको छैन। हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेलमैदानमा तयार पारिएको मतदान स्थलमा मतदान हुनेछ । निर्वाचन समितिका अनुसार मतपत्र छाप्न ढिलाई भएको बुझिएको छ । अझै मतपत्र आइपुगेको छैन । फितलो ब्यवस्थापन भएको र निर्वाचन समितिले भरपर्दो काम नगरेको भन्दै काङ्ग्रेस नेता कार्यकर्ताले आक्रोश पोखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*