हेटौंडामा काङ्ग्रेस महाधिवेशन: बल्ल मतपत्र आइपुग्यो

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १५:३९

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया अझै सुरु भएको छैन । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रियामा ढिलाई भएको हो । भर्खरै मतदान स्थलमा मतपत्र आइपुगेको छ। उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको बुझिएको छ । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकोले पनि मतदान सुरुहुन अबेर भएको हो । आफ्नो नाम छुटेपछी उम्मेदवारहरुले निर्वाचन समितिमाथी प्रश्न उठाएका थिए । बागमतीमा सभापतीका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौको ३ वटा र अन्य जिल्लाको ६ वटा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*