हेटौंडामा काङ्ग्रेस अधिवेशन: १ मत खसेर रोकियो मतदान, मतदाता आक्रोशित

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १६:५०

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान प्रक्रिया सुरु भएको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया पौने ५ बजे सुरुभएको हो । एकजनाले मत खसालेपछी पुनः मतदान प्रक्रिया रोकिएको छ । मतदाताहरु लाइनमा बसेका छन् तर भोट हल्न पाएका छैनन् । ब्यवस्थापन भद्रगोल भएको भन्दै लाइनमा बसेका मतदाताहरुले आक्रोश ब्यक्त गरेका छन् । बुथमा मतपत्र नै आईपुगेको छैन ।  उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको निर्वाचन समितिका प्रमुख मतदान अधिकृत विष्णु प्रसाद काफ्लेले बताएका छन् । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकोले पनि मतदान सुरुहुन अबेर भएको हो । आफ्नो नाम छुटेपछी उम्मेदवारहरुले निर्वाचन समितिमाथी प्रश्न उठाएका थिए । बागमतीमा सभापतीका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौको ३ वटा र अन्य जिल्लाको ६ वटा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*