काङ्ग्रेस अधिवेशन : हेटौंडामा मतदान जारी, राती १० बजेसम्म समय

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार १८:३१

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको हो । आठ घन्टा पछि सुरुभएको मतदानको समय राती १० बजेसम्म रहेको निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जनाएका छन् । उम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाई भएकाले मतदान प्रक्रियामा ढिलाई भएको काफ्लेले बताए । हिजो मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशनमा गडबड भएकोले पनि मतदान सुरुहुन अबेर भएको हो । आफ्नो नाम छुटेपछी उम्मेदवारहरुले निर्वाचन समितिमाथी प्रश्न उठाएका थिए । बागमतीमा सभापतीका लागि ३ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको वन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा मतदान स्थल निर्माण गरिएको छ । मतदानका लागि ९ वटा बुथ बनाइएको छ । जसमा काठमाडौको ३ वटा र अन्य जिल्लाको ६ वटा छ । बागमतीमा जम्मा २१ सय ३७ मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*