हेटौंडामा काङ्ग्रेस महाधिवेशन: मध्यरातमै मतगणनाको तयारी

हेटौंडा खबर
१८ मंसिर २०७८, शनिबार २३:५४

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खसेको छ ।  बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान पौने १० बजे सकिएको थियो । बागमतीको मतगणना मध्यरातमै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएपछी अहिले मतपेटिका शिल गरिएको छ । १२ बजेदेखी मतगणना सुरुहुने बताइएको छ । २१ सय ५१ मतदाता रहेको बागमतिमा २ हजार ८३ मत खसेको हो । बागमतीमा ६८ मत खसेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*