हेटौंडामा काङ्ग्रेस महाधिवेशन: मतगणना सुरु

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार ०१:०९

नेपाली कांग्रेस बागमती प्रदेशको आज हेटौंडामा भएको निर्वाचनको मतगणना सुरु भएको छ । हेटौं डा स्थित वन विज्ञान अध्ययन संस्थानभित्र मध्यरातमा मतगणना कार्य सुरु गरिएको छ ।

मतगणना स्थलमा बागमती प्रदेशका सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बनियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान पनि उपस्थित छन् ।

निर्वाचन समितिका अनुसार, अहिले सभापति पदको मतगणना सुरु भएको छ । बागमतिमा जम्मा २१ सय ५१ मतदातामा २ हजार ८३ मत खसेको छ  । ६८ जना मतदाता मतदानमा अनुपस्थित भएका छन् ।

प्रदेश सभापतिका लागि पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको काँग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट जगदीश्वर नरसिंह केसी र कृष्ण प्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान उम्मेदवार रहेका छन् ।

अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*