हेटौंडामा काङ्ग्रेस अधिवेशन: सभापतिमा इन्द्र बानियाँको सबैभन्दा बढी मत, पुनः निर्वाचन हुने

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार ०५:४७

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखी मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो । मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । यसरी हेर्दा अब बागमतीमा सभापति पदमा पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् । राती १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताईएको छ । अब बागमतीमा दोश्रो चरणमा निर्वाचन हुनेछ । ।

यसमा तपाइको मत

Your email address will not be published.


*