हेटौंडा काङ्ग्रेस अधिवेशन: इन्द्र बानियाँ र केसी बीच आज पुनः भिडन्त

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार ०७:०४

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरण को मतदान आज हुने भएको छ ।

सभापतिका लागि कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुन लागेको हो ।आज बिहान ११:३० बजे देखी दोस्रो चरणको मतदान सुरु हुने निर्वाचन समितिले जानकारी गराएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखी मतगणना भएको थियो ।

मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् ।

यसरी हेर्दा ५१ प्रतिशत कसैको पुग्दैन । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुने काङ्ग्रेसको विधानमा छ । बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

राती १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताईएको छ ।

अब इन्द्र बानियाँ र जगदिश्वर नर सिह केसिबिच प्रतिस्पर्धा हुनेछ । अर्का उम्मेदवार भिमसेन दास प्रधान निर्णायक बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*