कमल थापा हारे, राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार १०:१९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।

मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका हुन् । मतदानमा लिङ्देनले १ हजार ८४४ मत प्राप्त गरेका थिए भने थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

स्पष्ट रुपमा देखिने गरी लिङ्देनलाई निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ रहेको थियो । त्यस्तै थापालाई अर्का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले साथ दिएको भनिए पनि राणालेसमेत स्वविवेक प्रयोग गर्न भन्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*