काङ्ग्रेस बागमतीमा बानियाँ र प्रधान मिले, जित पक्कापक्की

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार १३:२२

नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई अर्का उम्मेदवार भीमसेन दास प्रधानले सहयोग गर्ने भएका छन् । भर्खरै हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब आफ्नो साथ सहयोग बानियाँलाई रहने उनले बताए ।आफुलाई अमुल्य मतदान गर्नेलाई धन्यवाद दिदैं उनले अब बानियाँलाई सबैले मतदान गरी विजयी गराउन आग्रह समेत गरे। एकता र सहमतिको सन्देश दिन बानियाँलाई सहयोग रहेको उनको भनाई छ ।हिजो भएको निर्वाचनमा सभापतिकालागि कसैको पनि ५१ प्रतिशत मत नआएपछि आज पुनः मतदान हुदैछ । आज बिहान ११:३० बजे देखी दोस्रो चरणको मतदान सुरु हुने भनेपनी मतदान प्रक्रिया भने सुरुभएको छैन । हिजोको निर्वाचनमा सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको थियो । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखी मतगणना भएको थियो ।मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका थिए ।राती १० बजे सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जसमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको बताईएको छ ।अब इन्द्र बानियाँ र जगदिश्वर नर सिह केसिबिच प्रतिस्पर्धा हुनेछ । अर्का उम्मेदवार भिमसेन दास प्रधान इन्द्र बानियासंग मिलिसकेका छन्। यसरी हेर्दा अब बागमतीमा काङ्ग्रेस सभापतीमा इन्द्र बानियाँले बाजि मार्ने पक्का पक्की छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*