हेटौंडामा जारी काङ्ग्रेस बागमती सभापतिको दोस्रो चरणको मतदान सम्पन्न

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार १७:३५

नेपाली काङ्ग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । हिजोको निर्वाचनमा ५१ प्रतिशत कुनैपनी उम्मेदवारको मत नपुगेपछी आज पुनः मतदान भएको हो । आज ७ वटा केन्द्रबाट मतदान भएको थियो । बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नर सिह केसि र भिमसेन दास प्रधान उम्मेदवार बनेका थिए । हिजोको निर्वाचनमा तेस्रो स्थानमा पुगेका उम्मेदवार प्रधानले सभापतिमा इन्द्रबहादुर बानियाँलाई सहयोग गर्ने बताइसकेका छन् । जम्मा मत कति खस्यो भन्ने विवरण भने आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*