हेटौंडा काङ्ग्रेस अधिवेशन: आजको मतदानमा २ हजार २५ मत खस्यो

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार १७:५६

नेपाली काङ्ग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो १ बजेदेखी सुरु भएको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । हिजोको निर्वाचनमा ५१ प्रतिशत कुनैपनी उम्मेदवारको मत नपुगेपछी आज पुनः मतदान भएको हो । आज ७ वटा केन्द्रबाट मतदान भएको थियो । बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नर सिह केसि र भिमसेन दास प्रधान उम्मेदवार बनेका थिए । हिजोको निर्वाचनमा तेस्रो स्थानमा पुगेका उम्मेदवार प्रधानले सभापतिमा इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो जम्मा २ हजार ८३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*