बागमतीमा बानियाँ र केसीबीच कडा टक्कर, ४ सय मत गन्दा केसी अगाडी

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार २०:०३

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरण को मतदान सम्पन्न भएपछी मत गणना कार्य सुरु भैसकेको छ ।

हिजोको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना सुरु भएको हो ।  सभापतिका लागि २ जना उम्मेदवार मैदानमा छन् ।

उता आज चुनाव अघि नै सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेदवार इन्द्र बानियाँलाई समर्थन गर्ने बताइसकेका थिए ।

आज भएको मतदानको ४ सय मत गन्दा जगदिश्वर नरसिंह केसीको २१६ मत आएको छ भने इन्द्र बानियाँको १८२ मत आएको छ । २ मत बदर भएको छ ।

आजको मतदानमा जम्मा २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् । हिजो २ हजार ८३ मत खसेको थियो ।

हिजो प्रदेश सभापतिका उम्मेदवार इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । जसमा इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत, जगदिश्वर नरसिंह केसीले ८ सय ७२ मत र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*