हेटौंडा काङ्ग्रेस अधिवेशन : बागमतीको सभापतिमा इन्द्र बानियाँ बिजयी

हेटौंडा खबर
१९ मंसिर २०७८, आईतवार २१:४८

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरणको निर्वाचनको मतगणना सकिएको छ ।

सभापतिमा इन्द्र बानियाँ बिजयी भएका छन् ।

जम्मा खसेको २ हजार २५ भोटमा  बानियाँले १ हजार ८५ मत प्राप्त गरे भने  जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । बानियाँले १५८ मत अन्तरले केसिलाई पराजित गरे ।

१५८ मतअन्तर बानियाँ विजयी बनेका हुन् । आइतबारको मतदानमा जम्मा २ हजार २५ मत खसेको थियो । बागमतीमा जम्मा २१ सय ५१ मतदाता रहेका छन् ।

शनिबारको निर्वाचनमा २ हजार ८३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*