रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्यागको घोषणा

हेटौंडा खबर
८ पुष २०७८, बिहीबार १५:३३

विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले आज विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेकी छन् ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्र्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, विज्ञप्तिमा भनिएको छ ।

आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने भन्दै नेत्री दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाएकी छन् ।

उनी तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बनेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*