पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए

हेटौंडा खबर
९ पुष २०७८, शुक्रबार १५:३६

पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा ३ सय ४९ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ८ लाख २६ हजार ९ सय १ जनामा पीसीआर र ९६ हजार १ सय १५ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख १० हजार २ सय ७१ जना निको भइसकेका छन् । ११ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ४८ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*